१३ बैशाख २०८१, बिहीबार

‘दश बुँदे सहमति स्थायी र केन्द्रीय कमिटीबाट पारित भइसक्यो’

bishnu rimal

नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको दावी गरेका छन् ।

रिमालले १० बुँदे सहमतिमा कार्यान्वयन गर्न बाँकी केही नरहेको पनि बताए । केही मिलाउन बाँकी रहेको भए बैठकमै आएर कुरा राख्न सकिने बताउँदै उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयनमा गइसकेको छ । अब फेरि के गर्नुपर्ने छ र ?’

तल्ला कमिटीहरुलाई पनि जेठ २ अन्तर्गत कसरी आबद्ध गर्ने भनेर कुरा गर्नलाई बैठकमै आउनुपर्ने उनले बताए ।

माधव नेपाललगायत १४ सांसदमाथि भएको कारबाही फिर्ता हुन सम्भव नरहेको पनि उनले बताए ।

नेपाल पक्षमा गएका र नगएका सबैले आफूहरुलाई प्रतिगामी भन्दै हिँडेको उनको गुनासो छ । पार्टी आफ्नो ढंगले अघि बढ्ने भन्दै उनले प्रस्तावित विधानमाथि कुनै गुनासो भए बैठकमै आएर भन्नुपर्ने बताएका छन् ।