
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग जिल्ला तहमा कार्यकर्ता नभएको बताएका छन् । कर्णालीका सञ्चारकर्मीसँगको भेटमा ओलीले सोली प्रकारको राजनीतिले सिमित समयमा लागि स्वार्थ दिलाएपनि दिर्घकालिन हिसाबले टिक्न नसक्ने पनि टिप्पणी गरे ।
माधव नेपालले पिरामिड शैलीमा राजनीति गरेको बताउँदै ओलीले नेकपा एकिकृत (समाजवादी) पार्टी दर्ता प्रक्रियामा लागेका नेता नेपालको मतदाता स्तरमा संयन्त्र नभएको उल्लेख गरे ।
‘पछिल्लो समय माधव नेपालको राजनीति पिरामिड शैलीमा गएको छ’ अध्यक्ष ओलीले भने, ‘गाउँस्तरका नेता तथा कार्यकर्ता कुनैले साथ दिएका छैनन् तर केन्द्रमा पुरै नेकपा एमाले पार्टी आफैले थेगेजसरी कुर्लेर हिडिरहेका छन् । माथि (केन्द्र र नेता स्तरमा) फुकेको, गाउँ (मतदाता र कार्यकर्ता) स्तरमा सुकेको सोली प्रकारको राजनीतिले सिमति समयमा लागि स्वार्थ दिलाएपनि दिर्घकालिन हिसाबले टिक्न सक्दैन् ।’
केन्द्रमा पदको लोभमा परेका, अरूको ईसरामा परेर नेकपा एमालेलाई धोका दिने सोच बनाएका केही काठमाडौँ केन्द्रित नेताहरु मात्रै भएको ओलीले दावी गरे ।
उनले माओवादी र कांग्रेसको बुइ चढेर काठमाडौंमा ठूलौ स्याल हुइया मच्चाएपनि प्रदेश, जिल्ला, वडा र वस्तीमा खट्ने एमालेका बफादार कार्यकर्ताहरू माउ पार्टीबाट कतै विचलित नभएको बताए ।
ओलीसँग प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नावराज महतारा, प्रेस चौतारी कर्णाली प्रदेश सह–इन्चार्ज एवं केन्द्रीय सदस्य विष्णु शर्मा, कर्णाली प्रदेशका पूर्व संयोजक नरेश भण्डारी, कालीकोट जिल्ला अध्यक्ष पवित्रकुमार शाहीले भेट गरेका थिए ।