१३ बैशाख २०८१, बिहीबार

आईएसले काबुल विमानस्थलमा आक्रमण गर्न सक्ने अमेरिकी चेतावनी

kabul 1

इस्लामिक स्टेट (आईएस)ले अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा हमला गर्न सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

आईएस समूहको अफगानिस्तान शाखाले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने सम्भावना रहेको भन्दै आफ्ना नागरिकलाई सचेत रहन अमेरिकाले चेतावनी दिएको हो।

विमानस्थल बाहिर लगातार बढीरहेको भीड, प्रदर्शन र नाराबाजीकाबीच अमेरिकाले यस्तो चेतावनी जारी गरेको हो । अमेरिकी रक्षा अधिकारीले त्यहाँको घटनाक्रमबारे अनुगमन गरिरहेको र वैकल्पिक मार्गको खोजीमा रहेको बताएका छन् ।

आईएसबाट हुने खतरा बारेमा कुनै थप विवरण दिइएको छैन भने आईएसले पनि काबुलमा हमला गर्ने सार्वजनिक धम्की दिएको छैन ।

गत आइतबार तालिबानले अफगानिस्तानमा कब्जा गरेयता त्यहाँबाट बाहिरिने मानिसका कारण काबुल विमानस्थल अझै अस्तव्यस्तकै अवस्थामा छ ।

हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ। हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।

    सम्बन्धित समाचार...