११ बैशाख २०८१, मंगलवार

आफु पार्टी एकताकै पक्षमा रहेको वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको भनाइ

Astha Laxmi Shakya
फाइल फोटो

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छन ।

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बूँदे सहमतीलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गरे एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन ।

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बूदे सहमतीलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास व्यक्त गरिन ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन ।

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरिन ।

उनले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढदा नै प्रदेश सरकारले राम्रो काम गर्न सकिने बताइन ।

मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको बताइन ।