११ कार्तिक २०७८, बिहीबार

जन्मदिनको शुभकामना रेखा

Rekha thapa

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । एक समय नेपाली दर्शकले अत्यधिक रुचाएकी रेखा वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत रेखालाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । फिल्म ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छन् । दर्शकमाझ अत्यन्तै लोकप्रिय रेखाले निकै फिल्म आफैले निर्माण समेत गरेकी छन् । कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि फिल्म आफैले निर्देशन समेत गरेकी छन् ।

उनी अभिनित ‘हिरो’ देखि यता मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, दर्शकमाझ लोक प्रिय बनेका फिल्म हुन् । उनले अभिनय गरेका अधिकांश फिल्म अहिले पनि दर्शकमाझ चर्चामा छन् ।

रेखा धेरैजसो फिल्ममा एक्सन अवतारमा देखिएकी छन् । यति धेरै दर्शकमाझ लोकप्रिय बनेकी रेखालाई अहिले नेपाली फिल्मको हिरोका रुपमा लिइने गरिन्छ । उनलै अभिनेत्री अर्थात रेखा थापालाई हाम्रो तर्फबाट धेरै धेरै जन्मदिनको शुभकामना ।