१३ बैशाख २०८१, बिहीबार

यी अभिनेत्रीलाई तालिबानको धम्की

taliban model

तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेको छ । अफगानिस्तानमा तालिबानको सत्ता आएको छ, जसकारण त्यहाँका मानिसहरु निकै डराइरहेका छन् । कतिपयले देश छोडिरहेका छन् । विश्वका कैयौं मानिसहरु अफगानिस्तानी जनताको सुरक्षा र न्यायको माग गरिरहेका छन् ।

अफगानिस्तानी जनता बेसहारा हुँदै गएको देखेर अफगानी मूलकी एक हलिउड अभिनेत्री अजिता घानीजाडा लगातार निर्दोष मानिसको लागि आवाज उठाइरहेकी छन् । उनले तालिवानका काला कर्तुत पनि विश्वमाझ सार्वजनिक गरिरहेकी छन् ।

उनले नियमित रुपमा आफ्नो सामाजिक सञ्जाल हेण्डलका माध्यमबाट अफगानिस्तानको अनुहार विश्वमाझ देखाइरहेकी छन् । उनले अफगानिस्तानी मानिसको न्यायको माग गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रश्न गरेकी छन् ।

तर यो प्रश्न तालिबानका लागि सह्य भएन । तालिबानको झुठो अनुहार विश्वमाझ उतार्ने अभिनेत्रीलाई तालिबानीले धम्की दिन थालेको छ । यो कुराको खुलासा अभिनेत्रीले आफ्नो एक सामाजिक सञ्जाल पोष्टका माध्यमबाट गरेकी हुन् ।

Azita Ghanizada

तर उनी डराएका छैनन् । ‘हरेक मिनेट चिज परिवर्तन हुँदै गएको छ । मलाई तालिबानले सन्देश पठाइरहेको छ, ‘डियर गर्ल, चिन्ता नगर्नु, प्रोपोगाण्डा फैलाउन बन्द गर्नु’, उनले लेखेकी छन् ।

४१ वर्षीया यी अभिनेत्रीको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनको पिता तेहरानको अमेरिकी दुताबासमा काम गर्थे ।

    सम्बन्धित समाचार...