७ बैशाख २०८१, शुक्रबार

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

WEATHER rain

आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहँदा बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन\चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।