१२ बैशाख २०८१, बुधबार

सलमान खानलाई विमानस्थलमा सुरक्षाकर्मीका जवानले रोकेपछि (भिडियो सहित)

salman khan and katrina

बलिउड अभिनेता सलमान खानलाई विमानस्थल प्रवेश गर्दै गर्दा सुरक्षा बलका एक जवानले रोकेका छन् । उनलाई विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै रोकिदिएपछि हंगामा भएको छ ।

उनी विमानस्थल प्रवेश गर्दै गर्दा सुरक्षा बलले रोकेको भिडियो बाहिरिएपछि अहिले बलिउडमा हंगामा भएको हो । सार्वजनिक भएको भिडियोमा सलमान खान र उनका सहयोगीहरु विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ । साथै भिडियोमा एक फोटोग्राफरले उनको तस्बिर खिच्न खोजिरहेका छन् ।

विमानस्थलमा टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको बेला सलमानलाई रोक्दै पापाराजीलाई पछि हट्न भनेको सुनिन्छ । त्यसपछि सलमानको टीमसँग उभिएको देख्न सकिन्छ ।

भारतिय मिडियाका अनुसार सलमान खान दुइ महिनाका लागि फिल्मको छायांकनका लागि रुस प्रस्थान गर्न लागेका हुन् । साथमा कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिएको थियो ।

सलमान खानलाई गेटमा रोकेका सुरक्षाकर्मीलाई अहिले सामाजिक सञ्जालमा तारिफ आइरहेको छ । धेरैले ति सुरक्षाकर्मीलाई हिरो दाबी गरेका छन् ।सबैलाई लाग्ने नियम सलमान खानलाई पनि लागेकोमा खुसी व्यक्त गरेका छन् ।

https://www.instagram.com/p/CSxqALdq9Xt/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again