१२ बैशाख २०८१, बुधबार

‘नेपाल आइडल’का निर्णायक को-को हुन ?

Nepal Idol Season 4 1

रियालिटी सो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरू परिवर्तन गरेको हो । शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरिएको छ ।

पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ जज ल्याइएको हो ।

शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने छिन् । आइडलको डिजिटल अडिसन सुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन सुरु भएको हो । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

    सम्बन्धित समाचार...