१३ बैशाख २०८१, बिहीबार

नेपालमा शुक्रबार थप ३,०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाले ज्यान गुमाए

corona insurance

नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टिजेन परिक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २६ जनाको निधन भएको छ । हालसम्म नेपालमा १० हजार ४५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ हजार २ सय ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९३ हजार ५४३ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४० हजार ३०९ सक्रिय संक्रमित आइसाेलेसनमा र ४४६ जना क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म ३८ लाख १३ हजार ५४५ वटा पिसिआर र ४ लाख २४ हजार ११० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।