८ कार्तिक २०७८, सोमबार

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने ठाकुर पक्षको निर्णय, वरिष्ठ नेतामा महताे र भण्डारी

Untitled 1 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले प्रस्ताव गर्नुभएको दलको नाम परिवर्तन हुने भएको छ ।

शुक्रबार बिहान बसकेको ठाकुर पक्षको बैठकले प्रस्तावित नाम परिवर्तन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँको अनुसार पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने निर्णय भएको बताउनुभयो ।

साथै बैठकले वरिष्ठ नेता दुई जनालाई बनाउने निर्णय गरेको छ । यस अघि अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो हुुनुहुन्थ्यो । तर, आज बसेको बैठकले शरदसिंह भण्डारीलाई पनि वरिष्ठ नेता बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य झाले जानकारी दिनुभयो ।

बुधबार महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियो । तर, अयोगले दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोर अर्को पार्टी बनाउन नमिल्ने भन्दै प्रष्ट पारेपछि ठाकुर पक्षले नयाँ नाम जुराएको हो ।

कार्यकारिणी सदस्य झाले प्रस्तावित नयाँ नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोग पुगेको जानकारी दिनुभयो ।