१५ चैत्र २०८०, बिहीबार

दर्ता भएन नेपालको ‘एमाले–समाजवादी’ र जसपा लोकतान्त्रिक

Election Commission Nepal

माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी दर्ता नहुने भएको छ ।

एमालेबाट विभाजित एमाले समाजवादी दर्ता हुन नसक्ने निर्वाचन आयोगले जवाफ पठाएको हो ।आयोगले नेता राजेन्द्रप्रसाद पाण्डेमार्फत नयाँ नाम प्रस्ताव गर्नसमेत भनेको छ ।

आयोगले जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिकलाई पनि नयाँ नाम ल्याउन भनेको उच्च स्रोतले बताएको छ । ठाकुरले नयाँ नाम लैजानेबारे छलफल सुरु गरिसकेका छन् ।

एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको छ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न मिल्दैन ।