८ बैशाख २०८१, शनिबार

लोकतन्त्र र गणतन्त्र रक्षाका लागि दल विभाजन सम्बन्धी अध्यादेश : अध्यक्ष दाहाल

Pro Ktm1 e1610902832107
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लोकतन्त्र र गणतन्त्र रक्षाका लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित एक अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अघिल्लो सरकारले ल्याएको अध्यादेश र यो सरकारले ल्याएको अध्यादेशको उद्देश्य फरक भएको बताउनुभयो ।

उहाँले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश लोकतन्त्र मास्न र संविधान सिध्याउन थियो भने यो सरकारले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी ले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने पनि बताउनुभयो ।

उहाँले आज बिहान सत्ता गठबन्धनका नेताहरूसँग भएको भेटमा नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी ले मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने सहमति भएको बताउनुभयो ।