११ बैशाख २०८१, मंगलवार

नवनियुक्त बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा सपथ

611d2c84379fb shakaya

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

उहाँ पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । यस अघि नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । राससका अनुसार शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसक्नुभएको छ । उहाँ देशकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुनुहुन्छ । आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको थियो ।