१४ बैशाख २०८१, शुक्रबार

बन्देजको सामना गर्नुपर्ने आँकलन भइरहँदा अफगान छात्रा विद्यालय पुगे

Afghan Girl Return To School

सेतो ‘हिजाब’ र कालो ‘टयुनिक’ लगाएकि छात्रा पश्चिमी अफगानिस्तानको हेरात शहरस्थित विद्यालयमा अध्ययनका लागि फर्किन थालेका छन् ।

तालिबानले आफ्नो नियन्त्रणमा लिएपछि करिब तीन दशक अघिको शासनको क्रममा उसले लगाएको बन्देजको सामना गर्नुपर्ने आँकलन भइरहँदा अफगान छात्रा विद्यालय पुगेका हुन ।

एएफपीसँगको कुराकानीमा एकजना छात्रा रकियाले अन्य राष्ट्र झैं हामीले पनि प्रगति खोजेको बताउनुभयो । “हामीलाई आशा छ तालिबानले सुरक्षा प्रदान गर्नेछ, हामीले युद्ध चाहेका छैनौं, हामीले हाम्रो देशका शान्ती खोजेका छौं ।”–उहाँले भन्नुभयो ।

इरानको सीमा नजिक रहेको हेरात शहर भएर प्राचीन ‘सिल्क’ सडक गएको छ । हेरात पुरातन सोच बोकेको शहरको रुपमा समेत चिनिन्छ । कला र कविले चिनिने हेरात शहरको गल्लीमा महिला र केटी स्वतन्त्र रुपमा विद्यालय जान थालेका छन् । तर दीर्घकालीन भविष्य भने अझै अनिश्चित देखिएको छ ।

सन् १९९० मा तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि अधिकांश महिला र छात्राको विद्यालय पहुँचमा बन्देज लगाइएको थियो । सार्बजनिक स्थलमा पुरै अनुहार र जिउ छोप्न अनिवार्य गरिएको थियो । पुरुष बिना घर बाहिर निस्किन नपाउने ब्यवस्था लागू गरिएको थियो ।

महिलासँग दुब्यर्वहार गर्नेलाई सार्बजनिक स्थलमा झुण्ड्याइन्थ्यो । तालिबानले दोस्रो पटक अफगानिस्तान नियन्त्रणमा लिएपछि महिलाको भविष्य के हुनै अझै अनिश्चित छ ।

हालका दिनमा तालिबानले भने आफ्नो केही अत्यन्तै कठोर ब्यवस्थालाई परिमार्जन गरेको सन्देश दिन खोजेको छ । तालिबानले मंगलबार पत्रकार सम्मेलनको क्रममा समेत महिलालाई इस्लाम सिद्धान्तको आधारमा काम गर्न अनुमति दिइने बताएका थिए ।

२० वर्षअघि तालिबानले गरेको शासन र हालकोमा के फरक हुने सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले भन्नुभयो, “वैचारिक र आस्थाको आधारमा भन्ने हो भने केही फरक छैन् तर हामीले बिगत्को अनुभवबाट सिकेर परिपक्व, दूरगामी आधारमा निर्णय लिँदा धेरै फरक हुनेछ ।”

उहाँले बिगत्को भन्दा थुप्रै आधारमा हामीले सकारात्मक पाइला चाल्ने बताउनुभयो । अर्का प्रवक्ता सुहैल शाहीनले महिलाले प्राथमिकदेखि उच्च शिक्षा लिन पाउने बताउनुभयो ।

तालिबानको नियन्त्रणमा रहेका थुप्रै क्षेत्रका सयौं विद्यालय अझै सञ्चालनमा रहेका छन् ।
हेरातस्थित एकजना विद्यालयका प्रधानाध्यापकले बसिरा बसिरात्खाले इश्वरको कृपाले विद्यालय पुनः सञ्चालन हुन पाएको बताउनुभयो ।

उहाँले इस्लामिक ‘हिजाब’ लगाएर धेरै संख्यामा छात्रा विद्यालय आइपुगेको बताउनुभयो । अफगानिस्तानको विद्यालयमा हाल जाँच भइरहेको उहाँले बताउनुभयो ।