१३ बैशाख २०८१, बिहीबार

एकै दिन नेपालमा थप २ हजार ६१३ जनामा कोरोना संक्रमण, ४२ को निधन

corona virus graph

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको निधन भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।