१३ बैशाख २०८१, बिहीबार

नेपालसहित १४ सांसदलाई एकसाता अघि नै कारवाही गरिएको खुलासा

Uml New office 1024x538 1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ सांसदलाई एक साताअघि नै पदमुक्त गर्ने निर्णय गर्नुभएको खुलासा भएको छ ।

मंगलवार संसद् सचिवालयमा बुझाएको पत्रमा साउन २५ गतेको निर्णयअनुसार पदमुक्त गरिएको जानकारी गराइएपछि यस्तो खुलासा भएको हो ।

पत्र पहिल्यै मिति खाली राखेर तयार पारिएको पत्रमा पछि मिति केरमेट गरेको पाइएको छ ।

संसद सचिवालयका महासचिव ड। भरतराज गौतमको च्याम्बरमा मंगलबार ४:२० बजे दर्ता गराइएको पत्रमा नेपालसहितका १४ सांसदलाई वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पार्टी ह्वीप उल्लंघन गरेको आधारमा कारवाही गर्ने निर्णय गरेको उल्लेख छ।

वैशाख २७ गते केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नुभएको थियो । तर, नेपाल पक्षका २७ सांसद विश्वासको मत दिन संसदमा अनुपस्थित रहे। आफ्नै पार्टीका नेताहरु अनुपस्थित रहेपछि ओलीले विश्वासको मत पाउन नसकेर पदमुक्त हुनुभएको थियो ।

संसद सचिवालयमा दर्ता गरिएको पत्रको विषय ‘दल त्याग गरेको सूचना सम्बन्धमा’भनेर उल्लेख गरिएको सचिवालय स्रोतले जनाएको छ।

पत्रको व्यहोरामा लेखिएको छ :

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ ९ १० को ुकु बमोजिमको कार्य नगरी दलको निर्देशन ९ह्वीप० उल्लंघन गरेकोले यस दलको मिति २०७८र४र२५ को निर्णयानुसार ऐ ऐनको दफा ३२ ९२० बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहने गरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत साथै राखी यो सूचना गरिएको छ ।’

कारवाहीमा परेका १४ सांसद

१ माधवकुमार नेपाल

२ जीवनराम श्रेष्ठ

३ मुकुन्द न्यौपाने

४ रामकुमारी झाँक्री

५ कल्याणीकुमारी खड्का

६ लक्ष्मीकुमारी चौधरी

७ नीरादेवी जैरु

८ पुष्पाकुमारी कर्ण कायस्थ

९ सरलाकुमारी यादव

१० कलिला खातुन

११ विरोध खतिवडा

१२ कृष्णलाल महर्जन

१३ भवानी खापुङ

१४ मेटमणि चौधरी