१५ चैत्र २०८०, बिहीबार

नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय

UML Samsadiya Dal

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।

उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराइएको छ। कारबाहीमा परेका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।