८ बैशाख २०८१, शनिबार

नास्टले सेनिटाइजर उत्पादन तालिम दिदै

sanitizer

नेपाल विज्ञान र प्रविधि प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले स्वास्थ्य सम्बन्धी तालिम दिदैं छन्।

नेपालमा कोरोनाभाइरस (COVID ​​-19) संक्रमणको रोकथामका उद्देश्यले ललितपुर महानगरपालिकाको २९ वटै वडामा एक एक व्यक्तिलाई सेनिटाइजर बनाउने तालिम दिइनेछ।

त्यसपछी प्रशिक्षित व्यक्तिले आ-आफ्नो वडामा गएर सेनिटाइजर बनाउने प्रशिक्षण दिनु पर्नेछ। यस सम्बन्धमा नास्ट र ललितपुर उपमहानगरपालिकाबीच बजारमा भैरहेको सेनिटाइजर अभाव र COVID-19 लाई रोक्नको लागि सावधानी अपनाउने सम्बन्धमा सहमति भइसकेको छ।

वरिष्ठ वैज्ञानिक तथा नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप सेनिटाइजर उत्पादन गर्न तालिम दिने बताए । ढुङ्गेलका अनुसार नास्टबाट उत्पादित सेनिटाइजर बजारमा उपलब्ध अन्य सेन्टाइजरभन्दा फरक हुनेछ र यो घरेलु कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिनेछ।