१३ बैशाख २०८१, बिहीबार

प्रतीक्षा गर्दै १५ सय नेपाली काबुल विमानस्थलमा

kabul airport 5480386

अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।

राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् ।

काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४र१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् ।

सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउन सकेमात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्न सक्ने सम्भावना छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।