२१ मंसिर २०७८, मंगलवार

काठमाडौं ल्याइयो अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली

611b4e4dbf89e uddhar123

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उनीहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो ।

उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो । जजिरा एअरलाइन्सबाट विहान १०ः१५ बजे काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछिमा घर पठाइने बताइएको छ ।