१५ चैत्र २०८०, बिहीबार

“विभाजन एमालेको बाटो खोल्ने आशंका संसद अधिवेशन अन्त्य”

parliament samsad1 1 67

सरकारले संसद अधिवेशन अन्त्य गरिदिएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयगरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

अघिल्लो सरकारले जारी गरेका अध्यादेश संसदमा प्रतिस्थापन विधेयक समेत पेश नगरी सरकारले अधिवेशन अन्त्य गरेपछि एमाले विभाजनका लागि सहज हुने अध्यादेश जारी गर्ने आशंका बढेको छ ।

सर्वोच्च अदालतको आदेशपछि पुर्नस्थापना भएको प्रतिनिधिसभाको अधिवेशन सरकारले अन्त्य गरेको हो । साउन ३ गतेदेखि शुरु भएको प्रतिनिधीसभाको बैठक जम्मा १० पटक बसेको छ ।

प्रतिनिधिसभाको बैठकमा अघिल्लो सरकारले जारी गरेका अध्यादेश टेवल समेत नगरी सरकारले अधिवेशन अन्त्य गरेपछि अध्यादेशमार्फत भएका कतिपय नियुक्तीमा समेत प्रश्न उठ्नसक्ने देखिएको छ । तरपनि सरकारले भने अधिवेशन अन्त्य गर्नुपर्ने कारण खुलाएको छैन ।

सरकारले हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेपछि नेकपा एमालेले भने सरकारको निर्णयको विरोध गरेको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद विघटनको विरोध गरेको सत्तारुढ गठबन्धनले संसद चलाउन नसकेर अधिवेशन अन्त्य गर्नु दुखद भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमै एमाले सांसद महेश बस्नेतले सरकारले एमाले विभाजनका लागि अध्यादेश जारी गर्न खोजेको आशंका व्यक्त गरेका छन् ।

एमाले विभाजनका लागि अध्यादेश ल्याउन अहिलेको सरकारले नसक्न एमालेका कतिपय नेताहरुले दाबी गरेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले दलविभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि चर्को आलोचना गरेका अहिलेका सत्तारुढ दलकै नेताहरुले एमाले विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउन लागेको भनेर आलोचना समेत शुरु भएको छ ।