१३ बैशाख २०८१, बिहीबार

सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमाले शीर्ष नेताहरुले थाले छलफल

oli uml tulasilal 69
फाइल फोटो

नेकपा एमालेका नेताहरु छलफलमा जुटेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका हुन् ।

माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै एमालेका नेताहरु छलफलमा जुटेका छन । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ ।

स्रोतका अनुसार ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् । महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् ।

सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् । माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।

माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

माधव नेपालका शर्त मान्न ओली तयार छैनन । यसबीच एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।