१३ बैशाख २०८१, बिहीबार

वर्षासँगै गर्मी बढ्दै जाँदा निजी स्वास्थ्य संस्थामा बिरामीकाे भीड

agyat rogbta birami 72
फाइल फोटो

कपिलवस्तु , वर्षासँगै गर्मी बढ्दै जाँदा जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीको निकै भीड हुन थालेकाे छ । कोरोना माहामारीका बीच मौसमी बिरामीले अस्पतालमा बिरामीको भीड लाग्न थालेकाे हो ।

मौसममा आएको परिवर्तनसँगै गर्मी बढ्दै जाँदा कपिलवस्तुका सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीको भीड बढेको छ ।

अघिपछि दैनिक सरदर ६० देखि ८० जना बिरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसँगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सयदेखि डेढसयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अधिकांश उपचार गराउन आउने बिरामीहरुमा महिला, बालबालिका, वृद्धवृद्धा रहेका छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायतकाे समस्या रहेको अस्पतालका चिकित्सक राजु खड्का बताउँछन् ।

कोरोना माहामारीका बीच गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणमा बासी सडेगलेको खाना नखान, अत्याधिक पानी पिउन, गर्मीमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न अपिल गरेका छन् ।