७ बैशाख २०८१, शुक्रबार

झापामा लकडाउन थप खुकुलो

jhapa

झापामा लकडाउन थप खुकुलो बनाइएको छ । व्यवसायीको मागलाई सम्बोधन गर्दै झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको हो । पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

डीसीसीएमसीको सोमबार सम्पन्न बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ । यता, भिडभाड हुने खाद्यान्नलगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरिएको छ ।

डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए पनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ । मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।