७ बैशाख २०८१, शुक्रबार

अनशन स्थगित गर्न पूर्वगोर्खा सैनिकलाई नेपाल सरकारको आग्रह

Gyanendra Bdr Karki
फाइल फोटो

नेपाल सरकारले समानताको माग राखी लण्डनमा आमरण अनशनमा बसिरहेको भूतपूर्व गोर्खा सैनिकलाई अनशन स्थगित गर्न आग्रह गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

माग पुरा गर्नका लागि सरकारले कूटनैतिक प्रक्रिया शुरु गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

समानताको माग गर्दै लण्डनमा भूतपूर्व गोर्खा सैनिक केही समयदेखि आमरण अनशनमा छन् । विभिन्न ढंगले दबाव दिँदा बेलायत सरकारले नसुनेपछि उनीहरु आमरण अनशनमा बसेका हुन् ।