१६ चैत्र २०८०, शुक्रबार

एकैदिन थपिए दुई हजार दुई सय १२ जना संक्रमित, ३३ को निधन

corona virus graph

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३३ जनाको निधन भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।