१८ मंसिर २०७८, शनिबार

हवाई तथा अन्य बाटोबाट अफगानिस्तानमा रहेका सबै नेपालीलाई उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

international commite

अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्दार गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।

आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो ।

यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले समितिमा बताएका थिए ।

बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले आइतबार बिहान मात्र परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको थियो । उक्त संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन् ।