७ बैशाख २०८१, शुक्रबार

दुई अर्थ दिने गीत ‘हेर्ने हो र देखाइदिम’

Capture TODJz7jCTp

नेपाली लोकसंगीतमा प्रयोग हुने गरेका शब्दमा बेला बखत विवाद हुने गर्दछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि दोहोरो अर्थ दिने शब्दहरु प्रयोग नगर्नका लागि कलाकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

तर, गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतले दुई अर्थ दिने शब्दलाई प्राथमिकता दिएको पाइन्छ ।

‘हेर्ने हो र देखाइदिम के के’ भन्दै गायक र गायिकाले गीत गाएका छन् । टिकटकमा अहिले यही हरफ चर्चामा छ । दुई अर्थ दिने भएकाले पनि यो गीत टिकटकमा भाइरल भएको हो ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

    सम्बन्धित समाचार...