१२ बैशाख २०८१, बुधबार

राजधानी काबुल कब्जा गर्ने तयारीमा तालिवान, राष्ट्र संघद्वारा चिन्ता व्यक्त

Kandahar kabja 69

तालिवान लडाकुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमाथि कब्जा गरेको छ ।

३८ प्रान्तीय राजधानीमध्ये हिजोसम्म तालिवानले २० राजधानीमाथि कब्जा गरिसकेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आक्रमण शुरु गरेको हो ।

अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने तालिवानले तयारी गरेपछि त्यहाँ रहेका विभिन्न देशका दूतावासहरु खाली गराइँदैछ । तालिवान लडाकु काबुलबाट मात्रै ३ सय किलोमिटरको दुरीमा रहेको बताइएको छ ।

कुनै पनि समय उनीहरुले राजधानी काबुललाई नियन्त्रणमा निल सक्ने भएकाले मानिसहरु त्रसित बनेका छन् ।

यसैबीच, संयुक्त राष्ट्र संघले अफगानिस्तानको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । संघका महासचिव एन्टिनियो गुटेर्रसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको समेत बताउनुभएको छ ।