१६ चैत्र २०८०, शुक्रबार

बिहानै सुरु माओवादी स्थायी समिति बैठक

prachanda maobadi perisdanda

सत्ता गठबन्धनमध्येको दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु भएको छ ।

बैठकमा हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । आजको स्थायी समिति बैठकमा पार्टीको विधानबारे पनि छलफल हुने केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले जानकारी दिए ।

त्यसैगरी आज विहान ११ बजेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

यसअघि शनिवार बसेको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।