१३ बैशाख २०८१, बिहीबार

कोभिड १९ बारे चीनले झुटो बोलेको अमेरिकी सेनेटरको आरोप

america china

अमेरिकी सेनेटर टम कटनले कोभिड १९ संक्रमणबारे चीनले झुटो बोलिरहेको आरोप लगाएका छन् ।

अमेरिकी फक्स न्युज टेलिभिजनको अमेरिका रिपोर्टस कार्यक्रममा बोल्दै रिपब्लिकन पार्टीका सेनेटर कटनले कोभिड १९ बिषयमा चीनको निन्दा गरेका छन् । कोभिड १९ संक्रमणबारे चीनले सुरुदेखि नै झुटो बोलिरहेको उनले बताए । चीनको वुहानबाट फैलिएको कोभिड १९ बारे चीनले विश्व समुदायलाई जानकारी नदिएको र संक्रमणबारे झुटो बोलेको सेनेटर कटनले आरोप लगाए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का निर्देशक समेत चीनको पक्षपोषण गर्दै चीनमा कोरोना माहामारी नभएको समेत बताएको कटनले टिप्पणी गरे । वुहानमा कोरोना फैलिएको बारे अनुसन्धानका लागि समेत डब्लुएचओ ले नक्कली टोली पठाएको कटनले आरोप लगाए ।

प्रमुख संक्रामक रोग बिशेषज्ञ एन्थोनी फाउची र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) ले आह्वान गरेको स्वास्थ्य मापदण्डको समेत कटनले आलोचना गरे । चीनको वुहान प्रयोगशालामा फेला परेका प्रमाणहरु समेत नष्ट गरेको हुन सक्ने कटनले टिप्पणी गरे । स्रोत फक्स न्युज