१३ बैशाख २०८१, बिहीबार

प्रचण्डले नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा समस्या पूर्वमुख्यमन्त्री पोखरेलको दाबी

shankar pokhrel
फाइल फोटो

कपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अस्थिरता आएको आरोप लगाउनुभएको छ ।

दाङमा आज आयोजित कार्यक्रममा नेता पोखरेलले आफुहरुले नेता मानेका प्रचण्डले युद्धकालकै नीति अनुसार माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने प्रयास गरेपछि पार्टीमा समस्या आएको दाबी गर्नुभयो ।

अहिलेको सरकार अदालतको परमादेशबाट बनेको भन्दै यसले काम गर्न नसक्ने पनि पोखरेलले दाबी गर्नुभयो ।

दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरणपछि उहाँले सरकार जनमतबाट नभएर अदालतबाट बनेको जिकिर पनि गर्नुभयो । अदालतले सरकार बनाउनु संसदीय लोकतन्त्रकै मजाक भएको उहाँको टिप्पणी छ ।

लोकतन्त्रमा जनमतबाट या संसदबाट मात्रै सरकार बन्न सक्ने बताएका नेता पोखरेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई १ सय ६५ सांसदले समर्थन गरेको प्रसंग भने उल्लेख गर्नुभएन ।

उहाँले देउवाले सरकार चलाउन नसकेर छिट्टै चुनाव घोषणा गर्ने दाबी पनि गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ मा प्रदेश सरकारको १५ लाख लागतमा अभागीको शालिक बनाइएको हो ।