१४ बैशाख २०८१, शुक्रबार

नौ सय २० कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

Corona Patient

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको हिजोको तथ्यांक अनुसार देशभर हाल ७३७ कोरोना संक्रमितको आईसीयूमा र १८३ को भेन्टिलेटरमा गरी कुल ९८० जना उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा १४१ जना आईसीयूमा र ५६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ४४५ जना आईसीयूमा र १०० जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ६९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।