१५ चैत्र २०८०, बिहीबार

गृह मन्त्रालयलयले भन्यो- ‘तेस्रो लहर आउन सक्छ, आइसोलेसन र अस्पताल तयारी राखौं’

ministry of home affairs nepal ghatana

गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)रुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन समेत सरकारले निर्देशन दिएको छ ।

गृहमन्त्रालयले तेस्रो लहरको मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको गृहमन्त्रालयले जनाएको छ । आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न मन्त्रालयको निर्देशन छ ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने उल्लेख छ ।

Griha Mantralaya Statement