८ बैशाख २०८१, शनिबार

सरकारले पूर्णता पाउन केही दिन लाग्ने भयो: प्रचण्ड

prachanda and dueba1626766429
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रले पार्टी विधान संशोधनका विषयमा शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने भएको छ । त्यस विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको एक महिना पुग्दासमेत पाँच मन्त्रीलाई मात्रै लिएर सत्ता सञ्चालन गरिरहेका छन् । सरकारले पुर्णता पाउन नसकेको भन्दै सरकारको आालेचना भइरहेको छ ।