७ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली नै हो : सुरेन्द्र पाण्डे

Surendra Pandey
फाइल फोटो

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।

उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुद बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले हल्ला गरेजस्तो एमाले आजै फुट्यो अहिल्यै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढंगले छलफल गरिरहेको जानकारी दिए ।