१६ चैत्र २०८०, शुक्रबार

(पत्रसहित) भारतले दियो रेल सम्झौता रद्द गर्ने चेतावनी

rel

भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

नेपालले सम्झौताअनुसार २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गर्ने भारतले चेतावनी दिएको हो ।

कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।

नेपालले भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गरिएको छ ।

rail radda
rail radda 1
rail radda 2