१४ बैशाख २०८१, शुक्रबार

आजदेखि काठमाडौँमा बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक, अबको निषेधाज्ञामा के खुल्ने, के नखुल्ने ? (सूचीसहित)

lockdown kailali 1 55
फाइल फोटो

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ गरिएको छ ।

भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको छ ।

अबको निषेधाज्ञामा के खुल्ने के नखुल्ने ?

निषेध गरिएका गतिविधिहरु

  • सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
  • खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
  • पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
  • शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
  • स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।
  • अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ ।

सञ्चालन गर्न पाउने गतिविधिहरु

व्यवसायको हकमा

  • औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
  • औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ : ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
  • अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा

  • कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
  • यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
  • चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने ।
  • सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।
  • अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने
  • सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने । पछाडी तेस्रो सिटमा ४-४ जनाका दरले ८ जना र चालक छेउमा १ जनागरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाइने ।
  • उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने ।
  • अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने ।
  • सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने ।

परीक्षाको तथा अन्य विषयको हकमा

  • विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।
  • परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने ।
  • परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने ।
  • एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्काे सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने ।
  • परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने ।
  • गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने ।

यी आदेशको पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने जनाइएको छ ।

यस्तो छ आदेश

1
2
3