११ बैशाख २०८१, मंगलवार

अनलाइन विधिबाट परीक्षाको माग गर्दै विद्यार्थीले गरे त्रिविको डिन कार्यालयमा तालाबन्दी

tu student din

त्रिभुवन विश्वविद्यालयको डीनको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

बुधबार कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुले कोरोना संक्रमणका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षाको माग गर्दै त्रिविको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले माग पुरा गर्न भन्दै नारा जुलुस समेत गरेका थिए । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अनलाइन विधिबाट परीक्षा गर्न विश्वविद्यालयका डिन विनिल अर्याल र रेक्टर शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाए पनि कुनै प्रतिक्रिया नदिएपछि डीनको कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । आफ्ना माग पूरा नभए आन्दोलन गर्ने पनि बताएका छन् ।

डिन कार्यालयले भने सिस्टम बनाएर अनलाइन विधिबाट परीक्षा लिने विधि तयार पारेको बताएको छ । सिएसआटी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनलाइन परीक्षा दिन तयार रहेको उनको भनाई छ ।