१३ बैशाख २०८१, बिहीबार

गठबन्धनका नेताहरु दसैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए : ओली

kp oli

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आए जसरी हौसिएका छन् । दसैँमा केटाकेटी रमाए जसरी रमाएका छन्’, उनले भने, ‘तर एक महिना बित्दा पनि अझै सरकार बनिसकेको छैन । एक महिनासम्म बधाई र धन्यवाद चलेको छ तर सरकार अझै पूरा भएको छैन ।”

उनले सरकारले एक महिनामा ठूलै उपलब्धी गरेको पनि टिप्पणी गरे । ‘सरकारले उपलब्धी गरेको छ । एक महिनासम्म विस्तार नगरे पनि भूमि आयोगको घाँटी सेरिएको छ’, उनले थपे, ‘अझै पनि ममाथि प्रहार भएको देखें, ममाथि प्रहार भइरहेको छ । यस्ता सानातिना गाली गलोजले मलाई फरक पर्दैन ।’