१५ चैत्र २०८०, बिहीबार

कोरोना बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने तयारी

CDO KTM1616607651

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कडाइसहित थप गर्नेबारे छलफलका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

जारी निषेधाज्ञालाई थप कडा पार्ने विषयमा निर्णय हुने बताइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी छ।

आजको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ प्रभावकारी बनाउनेगरी निर्णय हुने निरौलाले जानकारी दिनुभयो । कोरोना संक्रमण बढेकाले जारी निषेधाज्ञामा थप प्रतिबन्ध लाग्न सक्ने अनुमान गरिएको छ ।

सीसीएसमीको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रतिनिधित्व गरेको र त्यसअनुसार निषेधाज्ञाको स्वरूप निर्धारण हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।