८ बैशाख २०८१, शनिबार

अहिलेको सरकार अपवित्र गठबन्धन भएर बनेको हो : ओली

kp oli
फाइल फोटो

नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभई अपवित्र गठबन्धन भएर बनेको बताएका छन् । ओलीले जनप्रिय सरकारलाई ढाल्न गठबन्धन बनाइएको बताएका हुन् ।

आज तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले भने, ‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर भएको हो’, बैठकमा बोल्दै उनले भने, ‘साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध यो गठबन्धन बनेको हो। जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठनबन्धन हो।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सत्ता गठबन्धनमा छन्। यस्तै बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ। आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।