१६ चैत्र २०८०, शुक्रबार

सौगात मल्ल पनि फिल्म ‘एक्स ९’ मा जोडिए, पहिलो पटक अनमोल सँग स्क्रिन सेयर गर्दै

saugat

अभिनेता सौगात मल्ल पनि फिल्म ‘एक्स ९’ टिम सँग जोडिएका छन् ।

निर्देशक मुकुन्द भट्टले सौगात सँग गत आइतबार कागजी सम्झौता गर्दै उनलाई फिल्ममा एन्ट्री गराएका हुन् िमुकुन्द सँग सौगातको यो दोश्रो पटकको सहकार्य हो ।

यस् अघि उनले मुकुन्द सँग फिल्म ‘लप्पन छप्पन’मा काम गरी सकेका छन् । फिल्ममा सौगात पहिलो पटक अनमोल सँग स्क्रिन सेयर गर्दै छन् । नयाँ वर्ष २०२२ जनावरी बाट छायाङ्कनमा जाने फिल्मलाई गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो ।

नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा फिल्मको लोकेसन सेट गरिएको छ । यसअघि अनमोल आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा फिल्मको छायाङ्कन पूरा गर्ने योजनामा छन् ।

नेपालकै सबैभन्दा ठुलो एक्सन(थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । ठुलो क्यान भासमा एक्सन केन्द्रित फिल्ममा मुकुन्दले अनमोललाई शीर्ष भूमिकामा राखेर काम गर्न लागेका हुन् ।

फिल्ममा अनमोलको अलावा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, अर्पण थापा, नवीन लम्साल, फजिल अहमदको साथमा नयाँ कलाकार प्रियंका थापाको पनि मुख्य भूमिका रहने छ ।

दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । यसो त यस फिल्ममा भारितय अभिनेता सुनिल शेट्टी पनि देखिँदै छन् पहिले निर्माण टिम शेट्टी सँग छलफल गरिरहेका छन् ।

मौखिक सम्झौता भएता पनि लिखित भने भई सकेको छैन । उनीसँग एग्रिमेन्ट गर्न निर्माण टिम चाँडै भारत जाने तयारीमा छ । फिल्ममा सुनिल खलनायकको पात्र निभाउने खबर केही समय देखी नै चर्चाको विषय बनेको थियो ।