६ बैशाख २०८१, बिहीबार

बजेट वक्तव्यमा समावेश कार्यक्रममा बजेट नहुँदा काम गर्न समस्याः सचिव सिंह

ramesh singha

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट नछुट्याएका कारण काम गर्न समस्या भएको गुनासो गर्नुभएको छ ।

विकास तथा प्रविधि समितिको बैठकमा उहाँले बजेट बक्तव्यमा समावेश गरिएका देशभरका विभिन्न कार्यक्रमको उदाहरण दिँदै ती कार्यक्रममा बजेटको व्यवस्था नै नभएको बताउनुभयो ।

काठमाडौं उपत्यकामा धेरै आयोजना घोषणा गरिए पनि बजेट सुनिश्चित नहुँदा काम अगाडि बढाउन नसकिएको उहाँले स्पष्ट पार्नु भयो ।

विकास तथा प्रविधि समितिले भने उपत्यकामा बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको शौैन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो काम सक्न निर्देशन दिएको छ ।

समितिले उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमा समेत बाहिरी चक्रपथ महत्वपूर्ण हुने भएकाले यो आयोजनामा बजेट सुनिश्चित गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।

    सम्बन्धित समाचार...