७ बैशाख २०८१, शुक्रबार

यादव बिरुद्ध विषवमन गर्दै ठाकुर समुहको भेला सम्पन्न

1628386470985

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको साथ गद्दारी गर्न लागेको आरोप महन्थ ठाकुर पक्षका नेताहरुले लगाएका छन् ।

जनकपुरधामस्थित कलवार कुटीमा शनिवार आयोजित महन्थ पक्षका अगुवा कार्यकर्ता भेलामा बोल्दै नेताहरुले अध्यक्ष उपेन्द्रमाथि आक्रोस पोखेका हुन् ।

बरिष्ट नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई सात जन्ममा पनि मधेसी जनताले क्षमा नगर्ने अक्षम्य अपराध गरेको आरोप लगाए । उनले भने, ‘मधेसी जनताले पार्टी विभाजन चाहेका छैन । तर उपेन्द्र यादव मधेसको शक्तिलाई विभाजन गर्न खोज्दैछन् ।’ ‘मधेस फोड्न (उपेन्द्र यादवको पार्टी फुटाउन) केपी ओलीले अध्यादेश नै ल्याएका थिए’, उनले भने, ‘तर हामीले कुनै शर्त नराखी उपेन्द्र यादवको पार्टीसँग रातारात एकता गरी जसपा बनाऔं ।

विश्वलाई देखाइदिऔं कि अब मधेस फुट्दैन । जुट्छ ।’ मधेसीले अधिकार नपाओस् भन्ने शक्तिले विगतमा ३ पार्टीलाई १३ बनाएको र अहिले फेरी जसपा फुटाउन खोजेको उनले आरोप लगाए । नेता महतोले जसपाको निर्माण राष्ट्रिय जनता पार्टी नेपालले गरेको दावी गरे । उनले भने, ‘उपेन्द्र यादव जी ! सतर्क भइहाल्नुस् । मधेस फुटाउने अपराध नगर्नुस् ।

तपाईलाई मधेसको राजनीति गर्नु छैन भने फेरी प्रचण्डको माओवादीमा जानुस् । तर मधेसलाई बर्बाद नगर्नुस् ।’ महतोले अवैधानिक तवरबाट संसदीय दलको नेता आफूलाई घोषणागरि संसद सचिवालयमा दर्ता गराएपछि विवाद चर्किएको थियो ।एमालेका नेता महेश बस्नेतको प्रमुख आतिथ्यकमा महतो संसदीय दलको नेता चयन भएको आरोप यादव पक्षले लगाउँदै आएका थिए ।

हालै जसपा संसदीय दलको विधान कार्यकारिणी समितिबाट अनुमोदन भएपछि यादव चुनावी प्रकृयाबाट सर्वसम्मत नेता चयन भएका हुन् । नेता शरतसिंह भण्डारीले कुनै शक्तिले आफूहरुलाई कारबाही गर्न नसक्ने चुनौती दिए । ‘जसपा हाम्रो पार्टी हो’, उनले भने, ‘हामी आफ्नो पार्टीमा छौं । कुनै शक्तिले कारबाही गर्न सक्दैनन् । गिदरको धम्कीले डराउनेवाला छैन ।’ उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकता विषयमा आवश्यक भन्दा बाहिरको निर्णय गरेको टिप्पणी गरे ।

निर्वाचन आयोगको निर्णय स्वीकार्ने खालको नभएकाले सर्वोच्च अदालतमा रिट दायर गरेको उनले बताए । सर्वोच्चबाट न्याय पाउने उनले विश्वास व्यक्त गरे । नेता भण्डारीले आफूहरु मात्र अग्रगमनकारी भएको दावी गरे । उनले शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव लगायतका नेताहरुमाथि प्रतिगमनकारीको आरोप लगाए ।

‘जनताको अधिकारका लागि लड्दा हामी कसरी प्रतिगमनकारी भए लगायत सहभागी थिए । जनकपुरधामका मेयर लालकिशोर साहले आधिकारिक पार्टीमा रहेका छन् ।

‘समायोजनबाटै विवाद’

कार्यकर्ता भेलामा जसपा अध्यक्ष ठाकुरले पार्टीमा विभाजनको स्थिति सृजना हुनुमा अध्यक्ष उपेन्द्र यादवलाई दोषी ठह¥याए । ‘राजपा र समाजावदी पार्टी मिलेर जसपा नेपाल बनेपछि मनपरी ढंगले समायोजन गर्न खोज्दा नै विवाद सुरु भएको थियो’, उनले भने, ‘लुम्बिनी प्रदेशमा संसदीय दलले सरकारमा जाने निर्णय गर्यो ।

बहुमतले निर्णय गर्दा पनि साँसदलाई उपेन्द्र यादवले कारबाही गरेपछि विवाद झन बढ्यो ।’ मधेसको मुद्दा सम्बोधन गर्न तयार भएपछि ओली सरकारमा जाने कुरा भएपनि गलत नियतले यादव विवाद सृजना गरेको उनको कथन थियो । तर कार्यकर्ताहरुले लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्लालाई सरकारसित वार्ता गर्ने अधिकार पार्टीको कुन बैठकको निर्णयबाट भएको, महतोलाई दलको नेता कसरी बनाइएको प्रश्न उठाएका थिए ।