६ बैशाख २०८१, बिहीबार

मन्त्रीहरुको न्यूनतम् आचार संहिता र संविधान संशोधनका विषय समावेश

deuwa gathabandhan 69
फाइल फोटो

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान बसेको बैठक केहीबेर अघि सम्पन्न भएको हो । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार आज अपरान्ह ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरिएको सत्ता गठबन्धन दलका साझा कार्यक्रमलाई शीर्ष नेताहरुले अन्तिम रुप दिनुभएको हो ।

सत्ता गठबन्धनको कार्यदलले तयार गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको साझा कार्यक्रमलाई अन्तिम रुप दिन प्रधानमन्त्री देउवाले गठबन्धन दलका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको हो । कार्यक्रममा सरकारले आगामी दिनमा प्रथमिकता दिनुपर्ने विषय, सरकारमा सहभागी हुने मन्त्रीहरुको न्यूनतम् आचार संहिता, संविधान संशोधनलगायतका विषय उठाइएको कार्यदलका सदस्यहरुले बताउनुभयएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित कार्यदलका सदस्यहरुको सहभागिता रहेको प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।