१३ मंसिर २०७८, सोमबार

धनुषाका मेयर बेचनलाई नगरपालिकामै मसाज सुबिधा !

mayor janakpur
तस्विरः सामाजिक सञ्जाल

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासलाई कार्यालय सहयोगी करन दासलाई कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भएको तस्विरमा सोफामा मजाले सुतिरहेका मेयर दासलाई एकजना युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छन् ।

मेयर दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । हाल उनी नेकपा एमालेमा गएका छन् । उनी एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई स्पष्टीकरण सोधेको थियो ।

यसबारे मेयर दासले स्पष्टीकरण दिँदै आफू कोरोना भ्याक्सिन लगाएपछि बिरामी परेको र काकाका छोरा भाइले आफूलाई मालिस गरेको बताएका छन् । उनले काकाका छोरालाई कार्यालय सहयोगीका रुपमा नगरपालिकामा जागिर दिएका थिए ।