१५ चैत्र २०८०, बिहीबार

चीनमा वैदेशिक मुद्रा सञ्चितिको परिधि बढ्याे

dollar

सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ ।

अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ ।

त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ । राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दाबी गरेका हुन् ।

चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ ।