१३ बैशाख २०८१, बिहीबार

म्युजिक भिडियोमा हाई हाई मलिका

malika mahat

नेपाली दर्शकका लागि मलिका महतलाई चिनाउने म्युजिक भिडियो हो,‘ ‘फूलबुट्टे साडी र टाढा भएपनि’ । यो गीतको म्युजिक भिडियो हिट भएपछि मलिका महत दर्शकमाझ चिनिएकी हुन् ।

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू मलिकालाई फिल्मले चिनाउन सकेको थिए । उनले यो फिल्म भन्दा अघि केहि म्युजिक भिडियोमा अभिनय नगरेकी भने होेइनन् । तर, उनको त्यो म्युजिक भिडियोहरुले उनलाई दर्शकमाझ चिनाउन सकेको थिएन ।

तर, ‘फूलबुट्टे साडी र टाढा भएपनि’ गीतको म्युजिक भिडियोले भने उनलाई चर्चामा ल्यायो । यसै गीतको भिडियोले उनलाई लोकप्रियताको शिखरमा पु¥यायो । अहिले उनलाई म्युजिक भिडियोमा खेलाउनेको चाम नै लागेको छ । निर्माता निर्देशक मलिकालाई म्युजिक भिडियोमा अभिनय गराउन चाहान्छन् ।
मलिका फिल्म खेल्न चुजी भएकी हुन भन्ने आरोप लाग्दै आएको थियो । तर, बिहिबार काठमाडौमा भएकोे एक कार्यक्रममा आफु फिल्म खेल्न चुजी नभएको बताईन् । अहिले कोरोनाका कारण फिल्म साइन गर्ने अवस्था नरहेको प्रतिक्रिया दिएकी छन् ।

उनले अभिनय गरेको ‘यात्रा’ पछि अर्को फिल्म हो ‘पानी फोटो’ । यो फिल्म लकडाउनका कारण हलमा चल्न सकेको छैन । यो फिल्मलाई पहिलो पटक अभिनेता खगेन्द्र लामिछाने निर्देशन गरेका हुन् । खगेन्द्रको डेब्यू निर्देशित फिल्म ‘पानी फोटो’ मा अभिनय गरेकी मलिकाले त्यसपछि नयाँ फिल्म साइन गरेकी छैनन् ।

तर, अफर भने आइरहेको छन् । केहि दिन अघि उनलाई विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को अफर गरेका छन् । उनले यो फिल्ममा खेल्ने नखेल्ने कुरै प्रतिक्रिया दिएकी छैनन् । त्यस्तै, उनलाई गोपीकृष्ण मुभिजले उनलाई ‘पर्खि बसेँ २’मा पनि खेल्न अफर गरेको कुरा बाहिरिएको छ ।